जिल्ला अस्पताल भोजपुर, नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर अन्तर्गत भोजपुर नगरपालिका वडा नं. ७ मा अवस्थित एक स्थापित सरकारी स्वास्थ्य संस्था हो। यस अस्पतालको स्थापना सम्बन्धी आधिकारिक अभिलेख स्पष्ट रूपमा उपलब्ध नभए तापनि स्थानीय जानकार स्रोतहरूका अनुसार यसको स्थापना वि.सं. २०१७ सालमा भएको मानिन्छ। प्रारम्भिक चरणमा प्राथमिक उपचारबाट सञ्चालनमा आएको यस अस्पताल १५ शैया हुदै सेवाग्राहीहरूको बढ्दो चापलाई मध्यनजर गर्दै आफ्नो भौतिक पूर्वाधार तथा सेवा क्षमतामा क्रमिक रूपमा विस्तार गर्दै आएको छ। हाल यस अस्पताल ४८ शैयाको क्षमतासहित सञ्चालनमा रही जिल्ला स्तरमा समग्र स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।
हाम्रो उदेश्य भोजपुर लगायत वरपर क्षेत्रका जनसंख्याहरुलाई सुलभ, गुणस्तरिय तथा लागत प्रभावि स्वास्थ्य सेवा प्रदान गर्नु हो। हामि हाम्रो उच्च प्रशिक्षित र अनुभवी चिकित्सक, नर्स र अन्य चिकित्सा पेशेवर कर्मचारीहरु मार्फत बहिरङ्ग सेवा,अन्तरङ्ग सेवा,आकस्मिक सेवा, प्रयोगशाला सेवा, रेडियोलोजि सेवा, डेन्टल सेवा, फार्मेसी सेवा, प्रसुति सेवा, शल्यक्रिया द्धारा प्रसुति सेवा, सामान्य शल्यक्रिया सेवा , MCH Clinic, ART सेवा र अन्य विशेष उपचारहरू सहित स्वास्थ्य सेवाहरूको विस्तृत दायरा प्रदान गर्दछौं।